पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि, १६ टोलीबिच प्रतिस्पर्धा
ratopati.com · Sat Aug 22 04:04:28 GMT 2026
काठमाडौँ । पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ। ई स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन्। पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको यस पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन्। अर्कोतर्फ लोकप्रिय टोली होरा ई स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ।
Read full story at source (ratopati.com)