रुपन्देहीमा वातावरण पत्रकारिता पुरस्कार स्थापना
gorkhapatraonline.com · Sat Aug 22 04:09:03 GMT 2026

नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार स्थापना गरिएको छ। अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरणका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष २५ हजार रुपियाँ नगदसहित पुरस्कृत गर्ने गरी उक्त पुरस्कार स्थापना गर्नुभएको हो।
शुक्रबार नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका सापकोटा र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरी पुरस्कार सञ्चालन गर्ने घोषणा गर्नुभएको हो।
Read full story at source (gorkhapatraonline.com)