‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक
ratopati.com · Sat Aug 22 04:13:29 GMT 2026

काठमाडौँ । फिल्म ‘बुकी’को गीत ‘तनमनमा भलिबल’ सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशन रहेको फिल्मको गीतमा मोहन केसीको शब्द, दीपक शर्माको सङ्गीत छ ।
गीतमा स्वर प्रमोद खरेल र रचना रिमालको छ । भलिबलका लागि सम्पूर्ण जीवन नै समर्पित गरेको कथामा गीत बनेको छ । भलिबल खेलेरै देश चिनाउँछु र आफू पनि चिनिन्छु भन्ने मर्म बोकेको गीत मुख्यतः खेलाडीहरूप्रति समर्पित गरिएको फिल्म युनिटले बताएको छ । भिडियोमा गायक तथा अभिनेता देवेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् ।
Read full story at source (ratopati.com)