नारायणगढ–बुटवल सडकका बिग्रिएका खण्ड मर्मत हुँदै
gorkhapatraonline.com · Sat Aug 22 04:33:08 GMT 2026

नारायणगढ–बुटवल सडक विस्तारको काम लगभग सम्पन्न भई सरकारलाई हस्तान्तरण गर्नुअघि नै सडक बिग्रिएपछि निर्माण कम्पनीले पुनः मर्मत सुरु गरेको छ। सडकको चोरमारा, अरुणखोलालगायतका क्षेत्रमा सडक भासिएपछि पुनर्निर्माणको काम थालिएको हो।
यी खण्डमा सडक झट्ट हेर्दा एकनासको देखिए पनि कतै दुई–तीन इन्च दबिएको र कतै उठेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। सडकमा आएको यस्तो समस्याका कारण विशेषगरी दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन दुर्घटनाको जोखिम बढेको भन्दै चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले मर्मतको काम सुरु गरेको हो।
Read full story at source (gorkhapatraonline.com)