कर्जा असुलीमा देखिएको समस्या सुधार हुँदैछ, ब्याजर पनि क्रमशः घट्दै गएको छ – गभर्नर अधिकारी
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय कर्जा असुलीमा देखिएको समस्या सुधार हुँदै गएको बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कर्जा असुलीको समस्या सुधार हुँदै गएको जानकारी गराउँदै वित्तीय स्थायित्वका लागि राष्ट्र बैंक सधैं तयार रहेको पनि बताएका छन् ।
गत आर्थिक वर्षमा शोधनान्तर घाटा र वाह्य क्षेत्रको दबाब परेका कारण ब्याजदर बढेको गभर्नर अधिकारीले बताए ।यद्दपि, राष्ट्र बैंकको पहलपछि चालु आर्थिक वर्षको असोज मसान्तदेखि शोधनान्तर अवस्था बचतमा गएको उनले बताए । वाह्य क्षेत्रको दबाब पनि कम भएको र तरलता पनि बढ्दै गएका कारण ब्याजदर क्रमश घट्दै गएको गभर्नरको भनाई छ ।
Read full story at source (nepalipaisa.com)