सात पोखरी अतिक्रमणमुक्त बनाउन जनकपुरमा चलाइयो डोजर
baahrakhari.com · Sat Aug 22 04:47:24 GMT 2026

जनकपुरधाम । धनुषाको जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन थालिएको छ । शनिबार (भदौ ६) बिहानदेखि पोखरीको डिल खाली गराउन सुरु गरिएको हो ।
पहिलो चरणमा पोखरीको अतिक्रमित डिल खाली गराउन लागिएको छ । ५० मध्ये सात पोखरी अतिक्रमणमुक्त गराइनेछ । त्यसपछि दोस्रो चरणमा मन्दिर परिसरका अतिक्रमित जग्गा खाली गराइनेछ । तेस्रो चरणमा अरू ठाउँका अतिक्रमण हटाउने योजना छ ।
Read full story at source (baahrakhari.com)