खजुरामा निःशुल्क कान स्वास्थ्य शिविर, ५३२ जनाको परीक्षण
gorkhapatraonline.com · Sat Aug 22 05:09:23 GMT 2026

लामो समयदेखि कान दुख्ने, पाक्ने, कानेगुजी जम्ने तथा अन्य समस्या भए पनि उपचारका लागि अस्पताल पुग्न नसकेका स्थानीयलाई लक्षित गरी बाँकेको खजुरा गाउँपालिकामा निःशुल्क कान स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
खजुरा गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा गाउँपालिकाका विभिन्न क्षेत्रबाट आएका ५३२ जनाको कान परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। शिविरमा महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको थियो।
Read full story at source (gorkhapatraonline.com)