त्रिभाषी साधक
gorkhapatraonline.com · Sat Aug 22 05:24:10 GMT 2026

विसं २०८३ साउन २६ गते बिहान जब सूर्योदय भयो, मिथिला र सारा नेपालमा एउटा महाशोकको खबर फैलिइसकेको रहेछ । फेसबुक के खोलेको थिएँ, रामरिझन यादवको स्टाटस पढेर भुइँमा पछारिएँ, “डा. राजेन्द्र विमल अब हामीबिच रहनुभएन ।” अनि “अत्यन्त दुःखद खबर ! सम्पूर्ण मिथिलाञ्चल शोकमा”, योभन्दा बढी फेसबुकमा लेख्न सकिनँ । फेसबुकभरि डा. राजेन्द्र विमलको दुःखद अवसानको समाचार थियो । एउटा महान् र सात्विक जीवनले सदाका लागि हामीबिच बिदा लिएको क्षण थियो त्यो ।
दिनभरि मन खिन्न भइरह्यो । एक अद्वितीय विद्वान्, एक असाधारण साहित्यकार । भाषा, साहित्य, संस्कृति, कला, दर्शन, इतिहास, समाजशास्त्र आदि अरू पनि जोड्दै जानुस् यसमा; हरेक विधामा अद्भुत दखल राख्ने कुलका मूर्धन्य स्तम्भ, एक आधुनिक ऋषि । विद्वता र सरलताका प्रतीक, निरभिमानी साधक, अझ सबभन्दा माथि एक असल मनुष्य हुनुहुन्थ्यो डा. राजेन्द्र विमल । एक सच्चा मैथिल, प्राज्ञ, मिथिला र काठमाडौँबिचका अटुट कडी, नेपाल आमाका एक प्रखर तेजस्वी सांस्कृतिक सपूत ।
Read full story at source (gorkhapatraonline.com)