मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय
khabarhub.com · Sat Aug 22 05:52:52 GMT 2026

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धीकरणको कामलाई तीव्रता दिएको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार पछिल्लो निर्वाचनमा चितवनमा चार लाख ४२ हजार ८२ मतदाता रहेकामा ती मतदाताको विवरण अद्यावधिक गर्ने काम भइरहेको हो ।
विशेषगरी मृत्यु भएका मतदाताको नाम हटाउनेलगायत विवरण शुद्धीकरण गर्नुपर्ने भएकाले कार्यालयले भरतपुर महानगरपालिकाबाट काम सुरु गरेको कार्कीले बताए । उनका अनुसार कार्यालय रहेको वडा १० बाट सुरु गरिएको शुद्धीकरण कार्यक्रमअनुसार भरतपुर महानगरपालिकाका २९ वटै वडामा क्रमशः काम गरिनेछ । त्यसपछि अन्य पालिकामा शुद्धीकरणको काम गरिने कार्कीले बताए ।
Read full story at source (khabarhub.com)