सडकदेखि सदनसम्म उखु किसानका पीडा, करोडौँ भुक्तानी अलपत्र
gorkhapatraonline.com · Sat Aug 22 06:10:52 GMT 2026

मधेशको मलिलो माटो, उखु खेतीका लागि उर्वर भूगोल र पुस्तौँदेखि नगदे बालीका रूपमा उखु खेती गर्दै परिवार पाल्दै आएका पश्चिम नवलपरासीका किसान आफ्नै पसिनाको मूल्य पाउन नसकेर भौँतारिन बाध्य छन्। खेतमा दिनरात पसिना बगाएर उत्पादन गरेको उखु चिनी मिललाई बुझाएको वर्षौँ बितिसक्दा पनि भुक्तानी नपाउँदा यहाँका हजारौँ किसान परिवार गम्भीर आर्थिक सङ्कट र मानसिक तनावमा छन्।
उखु किसानका पीडा र आक्रोशका आवाज बारम्बार गाउँका खेतबारीबाट सुरु भएर काठमाडौँको माइतीघर मण्डल, जिल्ला प्रशासन कार्यालयको ढोकासम्म हुँदै देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभासम्म पुग्ने गरेका छन्। तर, पटक–पटक सडकदेखि सदनसम्म यो मुद्दा जोडदार रूपमा उठ्दा पनि किसानको समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्दै गएको छ।
Read full story at source (gorkhapatraonline.com)