बाढी–पहिरो पीडित त्रिपालमुनि, खाद्यान्नको समेत अभाव
gorkhapatraonline.com · Sat Aug 22 06:23:56 GMT 2026

बाजुराका सयौँ बाढी–पहिरो पीडित अहिले त्रिपालमुनि बस्न बाध्य भएका छन्। घरबास गुमाएका पीडितलाई बसोबाससँगै खाद्यान्नको समेत अभाव भएको छ।
जिल्लाका अधिकांश गाउँबस्ती भिरालो तथा पाखो जमिनमा अवस्थित भएकाले पछिल्ला वर्षहरूमा बाढी–पहिरोको उच्च जोखिममा पर्दै आएका छन्। बस्तीमाथिबाट आउने पहिरोका कारण ज्यान जोखिममा परेपछि धेरै परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न बाध्य भएका हुन्। पहिरोले घर, खाद्यान्न, लत्ताकपडा तथा अन्य सम्पत्ति क्षति गरेपछि पीडितलाई अहिले बस्ने बाससँगै खाने गाँसको समस्या परेको छ।
Read full story at source (gorkhapatraonline.com)