हेटौँडा कपडा उद्योगको परीक्षण सञ्चालनपछि मन्त्री यादवको प्रतिक्रिया : अब ४८८ वटै मेसिन चल्छन्
ratopati.com · Sat Aug 22 06:26:04 GMT 2026

हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुने बताएकी छन् । शनिबार उद्योगको स्थलगत अवलोकनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले उद्योग पुनर्सञ्चालनको प्रयास सफल हुँदै गएको बताइन् ।
अवलोकनका क्रममा मन्त्री यादवले हाल उद्योगका २० वटा मेसिन (लुम) हरू सफलतापूर्वक सञ्चालनमा आइसकेको र अन्य लुमहरु मर्मतको चरणमा रहेको बताइन् । मन्त्री यादवले विगतमा ठुलो बजेट खर्च भएर पनि उद्योग चल्न नसकेको र वर्तमान अवस्थामा भएको प्रयासमा मितव्ययिता अपनाइएको बताइन् ।
Read full story at source (ratopati.com)