एल निनो र युद्धको दोहोरो मारमा सुडानको कृषि क्षेत्र
gorkhapatraonline.com · Sat Aug 22 06:34:23 GMT 2026

सुडानमा नाइल नदीको जलस्तर घटेसँगै किसान सिँचाइका लागि पानी जुटाउन सङ्घर्ष गरिरहेका छन् । यस वर्षको ढिलो र न्यून वर्षाले कृषि उत्पादन प्रभावित भएपछि कतिपय किसान वर्षाका लागि प्रार्थना गर्न बाध्य भएका छन् ।
सुडानमा जारी युद्ध, इन्धन तथा मलको बढ्दो मूल्य र कमजोर बजारसँगै अहिले जलवायुजन्य समस्याले कृषि क्षेत्रलाई थप सङ्कटमा पारेको छ । सन् २०२३ अप्रिलदेखि सेना र अर्धसैनिक बलबीच जारी द्वन्द्वले देशको कृषि प्रणालीमा गम्भीर असर पुर्याएको छ । प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’ जलवायु प्रणालीका कारण यस वर्ष वर्षामा ढिलाइ भएको र नाइल नदीको जलस्तर घटेको विज्ञले बताएका छन् ।
Read full story at source (gorkhapatraonline.com)