दुई सन्तानका बाबु बनेपछि अर्जुन रामपालले गरे कानुनी विवाह
ratopati.com · Sat Aug 22 06:40:27 GMT 2026

गोवा । बलिउड अभिनेता अर्जुन रामपालले आफ्नी प्रेमिका ग्याब्रिएला डेमेट्रिएड्ससँग गोवामा कानुनी विवाह दर्ता गराएका छन् । पिटिआईका अनुसार उत्तर गोवाको मापुसास्थित सब(रजिस्ट्रार कार्यालयमा नजिकका साथीहरूको उपस्थितिमा यो जोडीले कानुनी प्रक्रिया पूरा गरेको हो ।
स्थानीय कानुनअनुसार पहिलो र दोस्रो हस्ताक्षरबिच हुनुपर्ने १५ दिनको पर्खाइको समयलाई छुट दिन उनीहरूले स्थानीय अदालतको सहायक सरकारी वकिलबाट विशेष अनुमति लिएका थिए। सब–रजिस्ट्रार सुरज भेर्णेकरका अनुसार यो विवाह गोवाको समान नागरिक संहिताअन्तर्गत दर्ता भएको हो।
Read full story at source (ratopati.com)