इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
gorkhapatraonline.com · Sat Aug 22 06:41:28 GMT 2026

इबोलाको प्रकोपबाट प्रभावित डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ । देशमा इबोलाको १७औँ प्रकोप तीव्र रूपमा फैलिरहेका बेला शुक्रबार खोपको पहिलो खेप आइपुगेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार डीआर कङ्गोले जर्मनीमा उत्पादित एर्भेबो खोपको कुल ७० हजार डोज प्राप्त गर्ने छ । तीमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि र ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य कर्मीलगायतका लागि प्रयोग गरिने छ ।
Read full story at source (gorkhapatraonline.com)