अमेरिका-क्यानडा व्यापार वार्ता अन्तिम समयमा भाडियो
lokaantar.com

अन्तिम समयमा क्यानाडा र अमेरिकाबीचको व्यापार वार्ता विफल भएपछि उत्तर अमेरिकी व्यापार युद्ध पुनः शुरू भएको छ । क्यानडाली वस्तुहरूमाथि अमेरिकाले ५० प्रतिशत कर लगाउने मध्यरातको समयसीमा नजिकिँदै गर्दा दुवै पक्षले सम्झौता हुने आशा व्यक्त गरे पनि अन्तिममा कुरा मिल्न नसकेको हो । क्यानाडाली प्रधानमन्त्री मार्क कार्नीले छिमेकी देशहरूबीच 'हाम्रा उद्देश्यहरू पूरा गर्ने' गरी कुनै सहमति हुन नसकेको बताएका हुन् ।
एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्नीले भनेका छन्, 'यसको परिणामस्वरूप, आज साँझ मैले अमेरिकासँगको व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको छु र क्यानाडाका वार्ताकारहरूलाई ओटावा फर्कन निर्देशन दिएको छु।'
Read full story at source (lokaantar.com)