युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
gorkhapatraonline.com · Sat Aug 22 07:17:45 GMT 2026

युक्रेनमा भएको रूसी आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार सपिङ सेन्टरमा भएको घातक आक्रमणको एक दिनपछि पुनःआक्रमण भएको हो ।
किएभको सैन्य प्रशासनले ब्यालेस्टिक मिसाइलको चेतावनी जारी गरेको केहि समयपछि राजधानीको डार्निट्स्की जिल्लाको गोदाममा आगलागी भएको रिपोर्ट गरेको छ । प्रारम्भिक जानकारीअनुसार, आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको प्रशासनले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)