शिक्षक महासङ्घले आह्वान गरेको आन्दोलन स्थगित भएको हो ?
ratopati.com · Sat Aug 22 07:42:59 GMT 2026

काठमाडौँ । शिक्षक महासङ्घले भदौ पहिलो सातादेखि आन्दोलनका कार्यक्रम घोषणाको आह्वान गरे पनि तत्काल रोकिएको छ । महासङ्घले हिजो शुक्रवार थप २१ दिनको म्याद राख्दै प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा ५४ बुँदे ध्यानाकर्षण बुझाएको छ । महासङ्घका महासचिव तुलाबहादुर थापाले सरकार माग सम्बोधनमा गम्भीर नदेखिएको र केही दिनमा नै आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए ।
उनले भने, ‘सरकारले अस्थायी शिक्षकलाई प्रोत्साहन भत्ता दिने कुरालाई सम्बोधन गरेन । शिक्षा मन्त्रीज्यूले शुक्रबार हामीसँग भेट्छौँ भनेर प्रतिबद्धता जनाउनुभयो । तर, धनगढी जानुभएछ । आन्दोलन त गर्छौँ नै ।’ अनले महासङ्घले आन्दोलनबारे थप तयारी गरिरहेको बताए । यसअघि महासङ्घले भदौ पहिलो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको थियो ।
Read full story at source (ratopati.com)