पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
khabarhub.com · Sat Aug 22 07:45:11 GMT 2026

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेकोमा स्वागत गर्नुभएको छ। पारिश्रमिक वृद्धि भएपछि परिषद्ले यसअघि घोषणा गरेका आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको हो।
Read full story at source (khabarhub.com)