लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चार जना घाइते, दुईको अवस्था गम्भीर
annapurnapost.com · Sat Aug 22 07:41:39 GMT 2026

काठमाडौं : लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
ईभी हाइस अनियन्त्रित भई घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो । कारमा सामान्य क्षति पुगेको छ ।
Read full story at source (annapurnapost.com)