इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
khabarhub.com · Sat Aug 22 08:00:11 GMT 2026

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ। इबोलाको १७औँ प्रकोप घोषणा भएको केही महिनापछि शुक्रबार खोपको पहिलो खेप कङ्गो पुगेको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार डीआर कङ्गोले जर्मनीमा उत्पादित एर्भेबो खोपको कुल ७० हजार डोज प्राप्त गर्नेछ। त्यसमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि र बाँकी ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत जोखिममा रहेका व्यक्तिलाई प्रयोग गरिनेछ।
Read full story at source (khabarhub.com)