वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो
khabarhub.com · Sat Aug 22 08:04:00 GMT 2026

काठमाडौं – भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनको वैदेशिक व्यापार सम्बन्धी प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको सुरुवात महिनामा नेपालको वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको देखिएको छ ।
विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२-८३ को सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख ९ हजार रुपैयाँ मात्र रहेको थियो ।
Read full story at source (khabarhub.com)