साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
nagariknews.nagariknetwork.com · Sat Aug 22 08:09:15 GMT 2026

चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो।
गत आवको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। साउनमा रु ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)