भारतसम्म पुग्यो शव
gorkhapatraonline.com · Tue Sep 01 23:48:12 GMT 2026

चीनको तिब्बतबाट सुरु भएर नेपालको पहाडी क्षेत्रमा वितण्डा मच्चाएको बाढीमा परेर मृत्यु भएकाको शव भारतसमेत पुगेको पाइएको छ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन् ।
भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि सुरु भएको छ । पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका नौ वटा शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ १४ गते चार, १५ गते एक र १६ गते चार गरी नौ वटा शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको हो । भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय महेशपुरमार्फत नेपाल ल्याएर पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।
Read full story at source (gorkhapatraonline.com)