पार्टीको पुनर्गठन असान्दर्भिक र अनुचितरूपमा चलाइएको छ : ओली
annapurnapost.com · Sat Aug 22 08:42:48 GMT 2026

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको फासीवादतर्फको यात्रालाई रोक्नुपर्ने बताएका छन्। प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतको पाँचौ अधिवेशनलाई शुक्रबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार स्वेच्छाचारी, अधिनायकवादी ढङ्गले चलिरहेको बताएका हुन् ।
उनले वर्तमान सरकार गठनसँगै गरिब, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुमाथि हमला, ट्रेड युनियनहरुमाथि प्रतिबन्ध, कर्मचारीतन्त्रमा पजनीको आतङ्क मच्चाउने लगायत असहिष्णु काम गर्दै अगाडि बढेको चर्चा गर्दै जनताले ५ बर्ष जे पनि गर्न पाउने लाइसेन्स दिएका होइनन् भन्ने कुरा सरकारले बुझ्नुपर्ने बताए।
Read full story at source (annapurnapost.com)