पहिलो दिनै १८ विकेटको पतन, स्टार्क र सोरिफुलको ६–६ विकेट
ratopati.com · Sat Aug 22 08:45:06 GMT 2026
म्याके । १८ विकेटको पतनसहित दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया र बंगलादेशबिच रोमाञ्चक प्रतिस्पर्धा भएको छ। मिचेल स्टार्कको ६ विकेट र सोरिफुल इस्लामको ६ विकेटको घातक बलिङबिच अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १६५ रन बनाएर १०१ रनको अग्रता लिएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेश ६४ रनमै समेटिएको थियो, जुन टेस्ट क्रिकेटमा उसको चौथो कम योगफल थियो। पहिलो इनिङ्समा सस्तैमा समेटिए पनि बङ्गलादेशले उत्कृष्ट पुनरागमन गर्यो। यसअघि ब्याटिङ गर्दा बङ्गलादेश १२ रन जोड्दा ५ विकेट गुमाएर सङ्कटमा परेको थियो।
Read full story at source (ratopati.com)