टप एण्ड टी–२० : नेपाल ‘ए’ले टस हारेर ब्याटिङ गर्दै, एक जना परिवर्तन
ratopati.com · Sat Aug 22 08:53:29 GMT 2026
काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ले आफ्नो दोस्रो खेलमा आज बंगलादेश हाइ परफरमेन्स (एचपी) टोलीसँग खेल्दैछ । डार्विनस्थित मरारा स्टेडियममा हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले आजको खेलका लागि प्लेइङ–११ मा एक परिवर्तन गरेको छ । देब्रे हाते स्पिनर विपिन खत्री टोलीमा समावेश छन् भने मिडियम पेस अलराउन्डर राशिद खान आजको खेलमा बाहिर छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटको हार बेहोरेको थियो । त्यसैले बंगलादेश एचपीसँगको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
Read full story at source (ratopati.com)