तिलोत्तमाले सञ्चालनमा ल्यायो नि:शुल्क मलामी बस
lokaantar.com

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नि:शुल्क मलामी बस सञ्चालनमा ल्याएको छ । नगरभित्रका विपन्न परिवारका सदस्य मृत्यु हुँदा शव घाटसम्म पुर्याउन मलामी बसको सेवा शुक्रबारबाट शुरू गरिएको हो ।
नागरिकको जन्मदेखि मृत्युसम्म स्थानीय सरकारको साथ हुनुपर्छ भन्ने अवधारणासहित तिलोत्तमा नगरपालिकाले अन्तिम यात्रा बस सेवा शुरू गरेको नगरप्रमुख रामकृष्ण खाणले बताए ।
Read full story at source (lokaantar.com)