जुम्लामा ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव
gorkhapatraonline.com · Sat Aug 22 09:19:21 GMT 2026

जुम्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा पाँचौँ बृहत कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला आजदेखि सुरु भएको हो ।
जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिलबहादुर रोकायाले जुम्लामा उत्पादन हुने अग्र्यानिक कृषि उपज, यहाँका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचार प्रसार गर्ने तथा संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ १७ दिने बृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)