अवैध लागूऔषधसहित १४ जना पक्राउ
annapurnapost.com · Sat Aug 22 09:13:33 GMT 2026

काठमाडौं : विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १९० मिलिग्रामसहित २५ वर्षीय आषिक हेमरम पक्राउ परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट २८ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित सुन्दरहरैँचा–१ का ३३ वर्षीय धुर्व प्रसाद रिजालसहित दुई जना पक्राउ परेका छन्। उनीहरूले प्रयोग गरेको प्रदेश १–०२–०५२ प ६४८८ नम्बरको स्कुटरसमेत प्रहरीले बरामद गरेको छ।
Read full story at source (annapurnapost.com)