२५ वर्षदेखि काउली–बन्दाको बेर्नाबाट मनग्य आम्दानी
gorkhapatraonline.com · Sat Aug 22 09:19:54 GMT 2026

घोराही उपमहानगरपालिका –१७ गुलरियाका रामप्रसाद चौधरीको खेतबारीमा अहिले काउलीको बेर्ना हुर्किरहेका छन् । बेर्नाको गोडमेल, सिँचाइ र हेरचाहमा उहाँ व्यस्त हुनुहुन्छ। काउली मात्र होइन, बन्दा, खुर्सानी, टमाटर, लौकालगायत विभिन्न तरकारीका बेर्ना उत्पादन गरी बिक्री गर्नु चौधरीको २५ वर्षदेखिको नियमित काम हो। उहाँले यस व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको छ ।
पूर्व वडा अध्यक्षसमेत रहनुभएका चौधरीले तरकारी खेतीसँगै बेर्ना उत्पादनलाई आम्दानीको मुख्य आधार बनाउनुभएको छ। १० कट्ठा जग्गामा मौसमअनुसार कहिले खुर्सानी, कहिले काउली, बन्दा, कहिले आलु लगायतका तरकारी खेती गर्दै आए पनि उहाँको प्राथमिकता भने तरकारीका बेर्ना उत्पादनमा छ। “तरकारी खेती पनि गर्दै आएको छु, तरकारी खेतिसँगै मैले २५ वर्षदेखि निरन्तर बेर्ना उत्पादन गरेर बेच्दैआएको छु, उहाँले भन्नुभयो, “तरकारी खेतीभन्दा बेर्नाबाट राम्रो आम्दानी हुने भएकाले यसमै बढी ध्यान दिएको हुँ ।” उहाँको अनुसार खेतीमा लागेको सबै खर्च कटाएर वार्षिक चार लाख रुपियाँसम्म बचत हुने गरेको छ।
Read full story at source (gorkhapatraonline.com)