सुरुङभित्र जीवनको आशा कायमै
gorkhapatraonline.com · Tue Sep 01 23:51:22 GMT 2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले बाहिरी संसारसँगको सम्पर्क टुटाएको सुरुङभित्र अझै जीवनको सम्भावना खोजिँदै छ । बाढीले जमिन दलदलमा परिणत गरेको, सुरुङआसपासको भूभाग जोखिमपूर्ण बनेको र उद्धारका उपकरणसमेत फस्ने अवस्था रहे पनि सरकारले सुरुङमा फसेकाको सकुशल उद्धारको आशा नछाडेको जनाएको छ ।
सुरुङको माथिल्लो भागबाट ड्रिल तथा खनेर भित्र रहेका व्यक्तिसम्म पुग्न सकिन्छ कि भन्ने नयाँ विकल्पमा राज्यले काम गरिरहेको र सुरुङभित्र अक्सिजन तथा खाद्यान्न पुर्याउन सकिने सम्भावनासमेत खोजी भइरहेको गृहमन्त्री सुधन गुरुङले बताउनुभएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भन्नुभयो, “अझै पनि हामीले आशा मारेका छैनौँ । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहीँको पानी खाएर बस्नुभएको छ कि भन्ने आशा अझै बाँकी छ ।”
Read full story at source (gorkhapatraonline.com)