गौरीघाट क्षेत्रलाई मौलिक स्वरूप दिइँदै
barnanmedia.com · Tue Sep 01 23:41:51 GMT 2026

काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको छ । करिब एक हजार ७०० वर्ग मिटरमा ढुङ्गा छापिनेछ । प्राचीन महत्वका क्षेत्रका रूपमा रहेको उक्त स्थानमा कालोपत्र हटाई ढुङ्गा छाप्न थालिएको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए।
करिब रु ८७ लाख लागतमा पहिलो चरणको काम सुरु भएको हो । दोस्रो चरणमा एक हजार १०० वर्ग मिटरमा ढुङ्गा छाप्नका लागि रु ९० लाखमा खरिद प्रक्रिया अगाडि बढाएको छ ।
Read full story at source (barnanmedia.com)