चितवनमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना, २ जनाको मृत्यु
annapurnapost.com · Sat Aug 22 09:22:13 GMT 2026

काठमाडौं : चितवनको खैरहनी नगरपालिका –०१ तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १२:२३ बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
Read full story at source (annapurnapost.com)