लिबियाको हतियार तथा गोलाबारुद भण्डारमा विस्फोट
gorkhapatraonline.com · Sat Aug 22 09:34:53 GMT 2026

पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोट हुँदा भण्डारण गरिएका मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया तथा अधिकारीले जनाएका छन् ।
यो भण्डारण लिबियाको राजधानी त्रिपोलीबाट करिब २०० किलोमिटर पूर्वमा अवस्थित मिसराता सहरको दक्षिणमा अल-सिक्त क्षेत्रमा रहेको जनाइएको छ । गोलाबारुद भण्डारभित्र लगातार विस्फोट जारी रहेको स्थानीय मिडियाले जनाएका छन् भने अधिकारीहरूले नजिकैका सडक सञ्जाल बन्द गरेर थप जोखिम विरुद्ध सावधानीका तथा सुरक्षाका उपाय अबलम्वन गरिरहेको जनाएको छन् ।
Read full story at source (gorkhapatraonline.com)