ठेकेदारले काम नगर्दा मार्तडी–कोल्टी सडकको २० करोड रकम फिर्ता हुँदै
onlinekhabar.com · Wed Jul 01 10:29:30 GMT 2026

१७ असार, बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कने–कोल्टी खण्डमा कालोपत्रेको काम अलपत्र परेको छ । निर्माण कम्पनीले काम नगर्दा चालु आर्थिक वर्षको २० करोड रकम फिर्ता हुन लागेको छ ।
पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार निर्माण कम्पनीले समयमै काम नगरेपछि धरौटी वापतको ३ करोड ६ लाख रुपैयाँ बैंकबाट तानिसकिएको छ भने १२ करोड रुपैयाँ असुलीका लागि राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।
Read full story at source (onlinekhabar.com)