पुल्चोकबाट लघुवित्त पीडितको आक्रोश : ‘अबको बाटो मर्ने मात्र हो’
nepalviews.com · Sat Aug 22 10:45:14 GMT 2026

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोग कार्यालय क्षेत्रको सडकखण्ड सधैंजसो व्यस्त हुन्छ । सवारीसाधनको चापसँगै पैदलयात्रुको आवत—जावतले यहाँको सडक दिनभर व्यस्त देखिन्छ ।
तर, यही व्यस्त सडकको किनार अहिले मिटरब्याज, लघुवित्त, बैंक र भूमिहीन पीडित बनेका नागरिकहरूको धर्ना स्थल बनेको छ । कुनै समय यहाँ धर्नामा बसेका आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी हुँदा सडक नै जाम हुने गर्छ ।
Read full story at source (nepalviews.com)