प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा
khabarhub.com · Sat Aug 22 10:57:21 GMT 2026

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सवारी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनाबाट अगाडि बढेको छ ।
मुस्ताङ आउजाउ गर्ने पर्यटक यो झरनामा फोटो/भिडियो खिचेर यात्रा अघि बढाउँछन् । प्रधानमन्त्री बालेन र उनको टिम झरनामा नरोकिई सिधै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ लागेको छ । म्याग्दीको तातोपानीस्थित होटेल न्याचुरल स्प्रिङमा एक घण्टा विश्रामपछि प्रधानमन्त्री बालेन जोमसोमतर्फ अघि बढेका हुन् ।
Read full story at source (khabarhub.com)