बलात्कारका घटना बढ्नुमा पुरुषको मानसिकता जिम्मेवार छ : नेतृ अधिकारी
nagariknews.nagariknetwork.com · Sat Aug 22 11:06:44 GMT 2026

गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) नेतृ तथा अभिनेत्री नीशा अधिकारीले बलात्कारजस्ता जघन्य अपराध बढ्नुमा मुख्य समस्या पुरुष र केटाहरूको सोच रहेको बताएकी छन्।
सामाजिक सञ्जालमा भिडियो जारी गर्दै बलात्कारका घटना र पुरुषको मानसिकतालाई लिएर उनले यस्तो टिप्पणी गरेकी हुन्। अधिकारीले भनिन्, ‘हाम्रो पुलिस रिपोर्टको तथ्यांकले के देखाउँछ भने केटाहरू बलात्कारी हुन्, पुरुषहरू बलात्कारी हुन्। केटाहरूलाई र पुरुषहरूलाई विशेष शिक्षाको आवश्यकता छ, कडा कानुन र नियमको आवश्यकता छ। समस्या त्यहाँ छ। समस्या भिक्टिम्स अथवा सर्भाइभर्सहरूमा छैन र उनीहरूको परिवारजनमा छैन। समस्या केटाहरूको मानसिकतामा छ, पुरुषहरूको मानसिकतामा छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)