बालेन सरकार, तिमीलाई छुट छैन
ratopati.com · Sat Aug 22 11:15:00 GMT 2026

नेपालमा परिवर्तनका लागि धेरै आन्दोलन भए । संघर्ष र क्रान्ति पनि धेरै भए । नेपालीले आफ्नो जीवनसमेत बलिदान गरे । व्यवस्था, सरकार, राजनीतिक दल र नेतृत्व पनि फेरिए । तर आम नागरिकले खोजेको परिवर्तन अझै पूर्ण रूपमा घरआँगनमा आइपुगेको महसुस गर्न सकेका छैनन् ।
जनताको सपना के हो ? एउटा सामान्य नेपालीले चाहेको कुरा धेरै ठुलो छैन । उसले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन सकोस्, परिवारमा कोही बिरामी हुँदा उपचार गराउन सकोस्, आफ्नै देशमा सम्मानपूर्वक काम गरेर घरपरिवार पाल्न सकोस्, सडकमा हिँड्दा खाल्डाखुल्डी नहोस्, ग्यास र आधारभूत आवश्यकता पूर्ति गर्न घण्टौँ लाइनमा बस्न नपरोस् तथा आफ्नो भविष्यप्रति निराश भएर देश छोड्नुपर्ने बाध्यता नहोस् । जनताको चाहना यति नै सामान्य र यति नै स्वाभाविक हो ।
Read full story at source (ratopati.com)