अग्रगामी मोर्चाको बागमती प्रदेशस्तरीय भेला असोज १० गते
ratopati.com · Sat Aug 22 11:12:17 GMT 2026

काठमाडौँ । अग्रगामी मोर्चा बागमती प्रदेश समन्वय समितिको प्रदेशस्तरीय भेला असोज १० गते गर्ने निर्णय गरिएको छ । शनिबार अनामनगरमा बसेको समन्वय समितिको विशेष बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले मोर्चाको जिल्ला समन्वय समितिका बैठक भदौ गते बस्ने निर्णय समेत गरेको छ । साथै बैठकले प्रदेशस्तरीय जनसङ्गठनको जिम्मेवारी समेत तोकेको छ भने भदौ २३ गते जेनजी प्रदर्शनलाई संयुक्त रूपमा प्रभावकारी बनाउने निर्णय गरेको छ ।
Read full story at source (ratopati.com)