सिराहाको मिर्चैयामा प्राइम टायल्सको नयाँ क्लासिक शोरुम सञ्चालनमा
bishowkhabar.com · Wed Jul 01 10:35:39 GMT 2026

काठमाडौं- प्राइम टायल्सले सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा नयाँ क्लासिक शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई आधुनिक डिजाइनका गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरुमको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झाको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा क्षेत्रीय बिक्री प्रमुख विकास सिन्हा, राकेश शाहलगायत कम्पनीका प्रतिनिधिहरूले अतिथिहरूलाई स्वागत गरेका थिए ।
Read full story at source (bishowkhabar.com)