भोटेकोशी बाढीमा सम्पर्कविहीनको सूचना सुरक्षा निकायलाई दिन मुख्यमन्त्रीको आग्रह
bishowkhabar.com · Thu Aug 27 06:42:50 GMT 2026

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढी तथा पहिरोका कारण अलपत्र परी परिवारको सम्पर्कमा आउन नसकेका व्यक्तिका परिवारजनलाई नजिकको सुरक्षा निकायमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री थापामगरले आज बिहान नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन परिवारजनबाट प्राप्त सूचनाले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
Read full story at source (bishowkhabar.com)