एनभीएलको ट्रफी भोलि सार्वजनिक हुँदै, यी तीन ठाउँमा प्रदर्शनी गरिने
ratopati.com · Sat Aug 22 11:38:25 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी सार्वजनिक गरिने भएको छ । एनभीएलले भोलि आइतबार ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो । ट्रफी सार्वजनिक समारोहसँगै त्यसलाई काठमाडौँ उपत्यकाका तीन प्रमुख ऐतिहासिक स्थलमा प्रदर्शनीका लागि लगिने आयोजकले जनाएको छ ।
कार्यक्रमअनुसार ट्रफीको पहिलो स्टप पाटन दरबार स्क्वायर हुनेछ । त्यहाँ दिउँसो १२ बजेदेखि १ः ३० बजेसम्म ट्रफी राखिनेछ ।
Read full story at source (ratopati.com)