सक्नेलाई पन्छाएर नसक्नेलाई जिम्मेवारी दियौ, त्यसैले तदर्थवादमा छ विश्वविद्यालय
ratopati.com · Sat Aug 22 11:45:00 GMT 2026

विश्वविद्यालय स्थापनाको उद्देश्य र प्रस्तावनामै– राष्ट्रिय विकासमा दक्ष जनशक्ति आपूर्तिलाई सुनिश्चित तुल्याउन उल्लेख छ । प्रतिस्पर्धाका आधारमा गुणस्तर अभिवृद्धि गर्दै प्राज्ञिक वातावरण मर्यादित र उपलब्धिमूलक बनाई उच्च शिक्षा प्रवाहको आदर्श स्थापित गराउने विषय पनि प्रस्तावनामा छ ।
तर विश्वविद्यालयहरूको स्वायत्तता दिनप्रतिदिन खुम्चिँदै गएको छ । स्वायत्तताको आधारशीला निर्माण हुनै सकेन । स्वायत्त निकायका उपकुलपति झुटो नायक बन्ने अवस्थामा पुग्न लागे । विश्वविद्यालयलाई प्राज्ञिक, प्रशासनिक र व्यवस्थापनका हिसाबले समुन्नत बनाउँदै लैजाने र योगदानका आधारमा विश्वविद्यालयले आफ्नो परिचय दिने हो । विश्वविद्यालय मानव सभ्यताले निर्माण गरेको महत्त्वपूर्ण संस्थागत उपलब्धि पनि हो ।
Read full story at source (ratopati.com)