कांग्रेस महाधिवेशन मङ्सिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छ : उपसभापति शर्मा
ratopati.com · Sat Aug 22 12:04:46 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मङ्सिर पछाडि लैजान नमिल्ने बताएका छन् । स्व.प्रदीप गिरिको स्मृतिमा शनिबार आयोजित कार्यक्रममा उनले मङ्सिरभन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानुनी आधार कांग्रेससँग नरहेको बताएका हुन् ।
उनले महाधिवेशन रोक्नुभन्दा संवादमार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताए। कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू तयार रहेको उनको भनाइ छ । उनले अदालत जानुभन्दा पार्टी कार्यालयमा आएर संवाद र सहमतिको बाटो रोज्न असन्तुष्ट नेताहरूलाई आग्रह गरे ।
Read full story at source (ratopati.com)