जाजरकोट पहिरो : रिसाङमा मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण
nepalviews.com · Sat Aug 22 12:00:55 GMT 2026

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राख्न मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण गरिएको छ । पहिरोका कारण घरबास गुमाएका तथा जोखिममा परेका १६८ घरधुरीका ८९७ जनालाई तत्काल सुरक्षित रूपमा राख्न रिसाङ विद्यालय आसपास, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा टेन्ट, त्रिपाल तथा प्लास्टिकबाट अस्थायी संरचना निर्माण कार्य सुरु भएको छ ।
विस्थापित परिवारलाई वर्षायाममा खुला आकाशमुनि बस्नुपर्ने अवस्था नहोस् भनेर स्थानीयस्तरमै उपलब्ध जग्गाको व्यवस्थापन गरी सेल्टर निर्माण थालिएको हो।
Read full story at source (nepalviews.com)