नाइजेरियामा जिहादीद्वारा दर्जनौँको हत्या
gorkhapatraonline.com · Sat Aug 22 12:03:50 GMT 2026

मध्य नाइजेरियाको नाइजर राज्यमा प्रार्थनाको क्रममा भएको आक्रमणमा जिहादीले धेरै मानिसलाई अपहरण गरी हत्या गरेको सांसदलाई उद्धृत गर्दै शनिबार एएफपीले बताएको छ । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश नाइजेरियाको जिहादी समूह १७ वर्षदेखि विद्रोहीसँग लडिरहेको छ ।
उक्त समुहले त्यस्ता अपहरणलाई एक प्रमुख रणनीति बनाएको छ, जसमा सन् २०१४ मा चिबोक सहरमा सयौँ स्कुलका छात्रा अपहरण गरिएको थियो । विद्रोही समूहको गतिविधि उत्तरपूर्वी क्षेत्रमा केन्द्रित छ, यद्यपि शुक्रबारको आक्रमण देशको पश्चिममा भएको थियो । यो यस्तो क्षेत्र हो जहाँ द्वन्द्वले समुदाय विभाजित भएपछि साहेलबाट सशस्त्र समूह र उग्रवादीको गतिविधि बढेको छ ।
Read full story at source (gorkhapatraonline.com)