जेद्दा महावाणिज्यदूतावासको अग्रसरता : श्रमिककै बीच पुगेर सचेतना अभियान
annapurnapost.com · Sat Aug 22 12:20:15 GMT 2026

साउदी अरब : साउदी अरबको खुम्रास्थित अल क्विजेन क्षेत्रमा साउदीका लागि नेपाली महावाणिज्यदूतावास जेद्दाले श्रमिक सचेतना तथा अन्तरक्रिया गरेको छ। कार्यस्थल र बसोबास क्षेत्रमै पुगेर सञ्चालन गरिएको यस कार्यक्रममा करिब १०० जना नेपाली श्रमिक, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्थानीय नेपाली समुदायका अगुवाहरूको सहभागिता थियो।
कार्यक्रममा साउदी श्रम कानुन, सामाजिक सुरक्षा कोष, श्रमिकका अधिकार र समस्या समाधानका उपायबारे जानकारी गराइएको छ। साथै, साउदी सरकारले सञ्चालनमा ल्याएका डिजिटल प्लेटफर्महरू ‘अब्सेर’ र ‘किवा’ को प्रभावकारी प्रयोगका विषयमा सहभागीहरूलाई व्यावहारिक ज्ञान दिइएको थियो।
Read full story at source (annapurnapost.com)