लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई चार दलले विश्वासको मत दिने, नागरिक उन्मुक्तिका चौधरीले मागे विपक्षी कुर्सी
nepalviews.com · Sat Aug 22 12:58:40 GMT 2026

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएका छन् । जनता समाजवादी पार्टी नेपालको केन्द्रले विपक्षमा बस्ने निर्णय गरे पनि प्रदेशमा भने सो पार्टीले सरकारलाई समर्थन गर्ने जनाएको थियो ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि राजनीतिक दलका तर्फबाट धारणा राख्दै ती दलका नेताहरूले आचार्यलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
Read full story at source (nepalviews.com)